प्रधानमन्त्री ओलीलाई एक युवाको यस्तो पत्र

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु
हुन त म जनताको छोरो ! तपाईंलाई पत्र लेख्नु कतिसम्म उचित होला-नहोला थाहा छैन। तर म पनि यसै देशको एक रास्ट्रबादी नेपाली सपूत हुनाले लेख्ने हिम्मत गरेको छु। कति कुरा गलत भए आज्ञान सम्झी क्षमा दिनुहोला । आज देश बिश्वको कंगालको सुचीमा सुचिकृत भएको छ । हामि नेपाली अरुको भरमा पर्नु पर्नी र अरुको दास हुन बिवस छौ । हामी कतिसम्म लाचार छौ भने अरुले दिएन भनेर आन्दोलन गर्नी र बिदेशी प्रभुलाई खुशी पार्न आफ्नो सम्पुर्ण प्रकृतिक सम्पदा र आफ्नो स्वाभिमान कौडीको भाउमा बेचिरहेका छौं र अरुले छरेर दिएको चाटी चाटी खान बाध्य छौ । कति नेपालीहरु यो रास्ट्रलाई धिकार्दै पलायन भएका छन त कति पासपोट हातमा लियर बसेका छन । त्यस मध्यको एक युबा म त हु र म त एक उदाहरणिय पात्र मात्र हु । पासपोट हातमा बोक्दै विभिन्न कन्सलट्यान्स दिनहुँ जसो धाउने मेरो दिनचर्या नै बनेको छ । के गर्ने रास्ट्रवादको नारा जति नै लगाए पनि आखिर खानु नै पर्दो रैछ, भोको पेटले लगाको रास्ट्रवादको नारा आखिर नारामै सिमित हुदो रैछ। भन्नूको मतलब यो हैन कि म भोको छु र म भोको छैनको मत्लब यो होईन कि सारा नेपाली अगाएका छ्न । तपाईं प्रधानमन्त्री भएको बेला भन्नु भएको थियो तुइन बिस्तापन हिजोको समाचारमा हेरेको म्यादीमा बिस्तापन भैस्क्यो रे । म तपाईंलाई सोलुट गर्न चाह्न्छु भारतलाई चुनौती दिनु भएको थियो त्यो पूरा गर्नु भो तपाईंलाई फेरि पनि सल्युट गर्न चाहन्छु । तपाईंले हिजो युबासंघको कार्यक्रममा भन्नु भए जस्तो काठमाडौ-केरुङ रेलवे, काठमाडौं पोखरा रेल्वे अनि देशको हर कुनामा सडक खानेपानी, भैतिक पुर्बाधार, युबा स्वरोजगार कार्यक्रम तपाईंको दुरगामी लक्ष्यलाई म प्रासंसा गर्न चाहन्छु । तपाईंले बोल्नु भएका साहसिक लक्ष्य केही हद सम्म पूरा गर्नु भैसकेको छ त्यही भएर बाहिरी तत्व, प्रतिगमनकारी तत्व र नेपाललाई जैले गरिब कम्जोर देख्न खोज्ने तत्व, खास्खुस गर्दै छन तपाईंलाई हटाउने खेल खेल्दै छ्न । तपाईं नडराइ आफ्नो हित भन्दा जनता हितमा लाग्नु होस “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ” हामी सारा नेपाली जनता तपाईं को पछाडी छन । ज्यानको आहुती दिन तयार छ्न र छौ ।
उहीँ नेपालको छोरो नेपाल पुत्र
अनिश खतिवडा

फेसबुकबाट तपाईको प्रतिक्रिया