प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डलाई बालुवाटार बोलाए

काठमाडौं ३ श्रावण

नयाँ सरकार निर्माणको प्रक्रियामा जुटेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले छलफलका लागि बालुवाटारमा बोलाएका छन् । देउवा र प्रचण्डलाई साँझ ५ बजेका लागि बालुवाटारमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए । ओली, देउवा र प्रचण्डबीचको छलफल पछिल्लो राजनीतिक संकट र निकासका विषमया केन्द्रीत रहने  छ ।
माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग अविस्वासको प्रस्ताव दर्ता गराएपछि ओली सरकार संकटमा गरेको छ । तर , सरकार अल्पमतमा परेको भएपनि ओलीले राजीनामा दिन अस्विकार गर्दै संसदको फेस गर्ने बताउँदै आएका छन् । केपी ओली सरकारविरुद्वको अविस्वास प्रस्तावमाथि साउन ६ गतेदेखि छलफल हुँदैछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया