प्रधानमन्त्री ओलीले संसदमा आज के राख्लान धारणा ? अविश्वास प्रस्तावमा मतदान हुने

बिजनेसपाटी, ९ साउन ।

प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा  आज आइतबार संसदमा मतदान हुँदैछ । शुक्रबार छलफल थालिएको प्रस्तावमाथि आज  दिउँसो २ बजे छलफल सकिने छ र प्रधानमन्त्रीले जवाफ दिएपछि मतदान सुरु हुने बताईएको छ  ।  बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ ।आज पनि संसदहरुले ३ घण्टा जस्तो अविश्वास प्रस्तावमाथि  धारणा राख्नेछन् । हालसम ३४ संसदले आफ्नो धरान रखिसकिका छन् । आज दिउँसो २ बजेसम्म छलफल भएपछि आधा घण्टा बैठक स्थगित हुनेछ ।

बैठकमा प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरुको उत्तर दिने छन् ।  सो पश्चात पनि अविश्वासको प्रस्ताव फिर्ता नभए मतदान हुनेछ ।

संसदमा अहिले ५९४ सांसद छन् । बहुमत पुग्न २९८ सांसद आवश्यक पर्न जान्छ ।  सत्ता सहयोगी दल मधेसी जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य केही साना दलको  सांसदको साथ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया