प्रधानमन्त्री ओली र जियानलुइजी बुफोनबीच भेट

काठमाडौं, फागुन १९, २०८१ । केपी ओली कप फुटबल च्याम्पियनसिप कार्यक्रमका आएका इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका इटलीका अन्तराष्ट्रिय गोलरक्षक बुफोनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओलीसाग भेट गरे ।

आफू सानो हुँदा नेपाली झण्डा देखेर नेपालप्रति आफ्नो आकषर्ण बढेको भन्दै बुफोनले अतिथिको रुपमा आफू नेपाल आउन पाउँदा झनै खुशी भएको बताए । गोलरक्षक बुफोन र प्रधानमन्त्री ओली बीचको भेटघाट कार्यक्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत बुफोनका परिवारका सदस्यहरुको पनि उपस्थिति थियो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कप फुटबल च्याम्पियनसिप आज साँझ समापन हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया