प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुलाई भन्यो-“सय दिनमा के-के गरियो ? विवरण बुझाउनू”

काठमाडौं १८ कात्तिक ।
मन्त्रालयहरुलाई प्रधानमन्त्री कार्यालयले सरकारले एकसय दिनमा गरेका कामको विवरण पेश गर्न निर्देशन दिएको छ । सय दिनमा सार्वजनिक गर्नुपर्ने प्रगति विवरण संकलन गर्न मन्त्रालयहरुलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।
सो निर्देशन बमोजिम मन्त्रालयहरुले कात्तिक १९ गते शुक्रबारभित्र ०७३ साउन २० गतेपछि भएका प्रगतिहरुको विवरण पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । प्रचण्ड प्रधानमन्त्री भएसँगै ४५ दिनभित्र भूकम्पबाट प्रभावित परिवारलाई पहिलो किस्ताको आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको थियो ।
त्यस्तै सरकारले गरिबका लागि कार्यक्रम सुरु गर्ने पहिलो निर्णय गरेको थियो । गरिब घरपरिवार पहिचान गरी उनीहरुलाई गरिब परिचयपत्र वितरण गर्ने र उनीहरुको स्वास्थ्य, शिक्षा विमा गर्ने, रोजगारी दिने जस्ता महत्वाकांक्षी निर्णय प्रधानमन्त्री प्रचण्डले गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया