प्रधानमन्त्री दैवी उद्धार कोषमा सिटिजन्स बैंकको ११ लाख
काठमाडौं २१ भाद्र ।
बाढी पीडितको सहयोगार्थ सिटिजन्स बैंक इन्टरनेशनलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेको छ।
साथै बैंकले बाढी पीडितलार्इ राहत समेत दिएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोत्तरीको मटिहानीका बाढी पीडितलार्इ पाँच लाख रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेका छन्। बैंकले पाँच सय परिवारलार्इ एक हजार रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेको हो।
बैंकले भूकम्प गएका बेलामा समेत एक करोड रुपैयाँ सहयोग गरेको थियो। सहायक कार्यकारी अधिकृत देवकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षासँगै विपत्तिमा समेत सहयोग गर्दै आएको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया