प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धितोपत्रको ३० लाख सहयोग

बिजनेसपाटी १९ भाद्र
नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग गरेको छ ।

हालैको वर्षा र बाढीको कारण पुर्बी तराई क्षेत्रमा धेरै धनजनको क्षति भएको अवस्थालाई दृष्टिगत गरी बोर्डले सो रकम सहयोग गरेको हो ।

आइतबार एक कार्यक्रमवीच प्रधानमन्त्री निवास बालुवाटारमा बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया