प्रधानमन्त्री प्रचण्डले भने -“नकारात्मक टिप्पणी गर्न जरुरी छैन”
काठमाडौँ २ अशोज
औपचारिक भारत भ्रमणसकेर स्वदेश फर्केका प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफ्नो भ्रमणबारे नकारात्मक टिप्पणी गर्न जरुरी नभएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रम प्रचण्डले भारत भ्रमण सफल भएको बताए । उनले भने कुनै महत्वपूर्ण सहमति गर्नुभन्दा पनि अघिल्लो सहमतिहरु कार्यान्वयनमा जोड दिए ।
दुई देशको संयुक्त वक्तव्यमा संविधान संशोधनको विषय परेकोबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘संविधान प्रति असन्तुष्ट सबै पक्षलाई मिलाएर कार्यान्वयन चरणमा लैजाने भएकोले नकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्दैन।’
भारतसँगको सहमतिले चीनसँगको सम्बन्धमा कुनै असर नगर्ने बताउँदै प्रचण्डले यस विषयमा नकारात्मक टिप्पणी गर्न जरुरी नभएको बताए।
प्रधानमन्त्रीको भ्रमण टोलीसँगै रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत दिल्लीबाटै अमेरिकातर्फ लागेका छन्। प्रधानमन्त्री सोमबार संविधान दिवस मनाएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया