प्रधानमन्त्री र ओलीबीच ‘वान टु वान’ वार्ता

काठमाडौं १९ कार्तिक ।
प्रधानमन्त्री प्रचण्ड र  एमालेका अध्यक्ष केपी ओलीबीच ‘वान टु वान’ वार्ता भएको छ । सिंहदबारमा ३ बजेदेखि करिब डेढ घण्टा ‘वान टु वान’ भएको वार्तामा संविधान संशोधन लगायतका विषयमा छलफल भएको हो । ओलीका स्वकिय सचिव राजेश शाक्यले ‘वान टु वान’ वार्ता भएकाले के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संविधान संशोधन लगायतका महत्वपूर्ण विषयमा छलफल भएको बताउँदै यसलाई निरन्तरता दिने बारेमा पनि कुराकानी भएको बताए ।
लामो समयसम्म औपचारिक छलफलमा नजुटेका दुई पार्टीका शीर्ष नेताहरुबीच लामो समयसम्म भएको वार्तालाई महत्वका साथ हेरिएको छ

 

फेसबुकबाट तपाईको प्रतिक्रिया