प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवामा आजीवन शतप्रतिशत छुटको अफर

काठमाडौं ०६ बैशाख २०८०।प्रभु क्यापिटल लिमिटेड को लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन शतप्रतिशत छुटको अफर ल्याएको छ । नयाँवर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म संचालनमा आउने जनाएको छ ।यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १०० प्रतिशत छुट पाउनेछन् ।ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया