प्रभु क्यापिटलले ल्यायो बिशेष छुट अफर,गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छुट
काठमाण्डौ २३ भदौ २०७९ प्रभु क्यापिटलले आफ्नो ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ ।क्यापिटलमा डिम्याट खाताखोली सेवा लिईरहेका ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलल बियोन्ड फिट प्रा,लि (गोल्ड जीम) संग सम्झौता गरेको हो । भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्ध वार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवालिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजना बाट लाभलिन हितग्राहीले बिल पेमेन्ट गर्र्दा प्रभु क्यापिटलमा हितग्राहीखाता रहेको देखाउनुपर्ने छ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मिति देखि तीन महिना सम्म लिन सक्नेछन् ।
अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मासेन्टर भेनिस, क्यालिफोर्नियाम ाभएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलीटसहरू, बडीबिल्डरहरू, सैनिक लगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ । नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्तकुना–टीकाभैरव रोडमा रहेकोयसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण,सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योगलगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।
नेपाली पूँजीबजारमा भिडीयो के वाइ सी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एक मात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया