प्रभु क्यापिटलले ल्यायो निःशुल्क डिम्याट अफर

काठमाडौँ २८ मंसिर २०७९।प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “Heli Ride को सफरwith Prabhu Capital को “न्यानोSpecial Offer” स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएका छ ।यो योजना यही १ पौष२०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि free डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन् ।यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क Demate पाउनेछन् भने एक जना भाग्यशाली विजेताले निःशुल्क Gosainkunda Heli Rideजित्नेछन् ।

पूँजीबजारमा नयाँल गानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न पे्ररित गर्ने उद्वेश्यल ेल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमाव्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समयलिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया