प्रभु बैंकको एकैसाथ ७ वटा एक्स्टेन्सन काउण्टरहरू सञ्चालनमा

बिजनेसपाटी २० मंसीर ।
नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरूमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरू सञ्चालनमा ल्याएको छ । झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरूमा बैंकले बुधबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवाप्रारम्भ गरेको छ कार्यकारी अधिकृत अशोक शेरचनद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

त्यस अवसरमा भन्सार विभागका महानिर्देशक तोयम रायाबाट ए क समारोहका विच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्यभन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरू सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरूबाट समुद्घाटन भएको हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरूको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरूमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा टेवा पुग्ने जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया