प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर आउने

काठमाडौं, पुस ६ ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर आउने निश्चित भएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले बिहीबार हकप्रद निष्काशन अनुमति दिएको हो । प्रभुले अब १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सनराइज क्यापिटल लिमिटेड बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । उक्त ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया