प्रभु बैंकले पायो २ अर्बको ऋणपत्र निष्काशन अनुमति
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_550,h_422/https://businesspati.com/wp-content/uploads/2017/06/prabhu-bank-limited1.jpg)
काठमाडौं २, साउन २०७७।
प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैकलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।
बैंकले अब एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ८ बर्षसम्मको अवधिको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।
बैंकले नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया