प्रभु बैंकले श्रीनगरमा विस्तार गर्यो नयाँ शाखा

काठमाण्डौ २५ अशोज २०७७
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आप्mनो २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले विहान १०ः०० बजे गर्नु भएको हो ।
बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया