प्रभु बैंक लिमिटेटको नयाँ शाखा दार्चुलाको खलंगामा

दार्चुला, फागुन १९, २०८१ । प्रभु बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा २०८१ फागुन १८ गतेदेखि सञ्चालन हुने गरी ३१२ औं शाखा दार्चुलाको महाकाली नगरपालिका–४ स्थिति खलंगामा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको र समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेमा बैंक विस्वस्त छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया