प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सिटौलाद्धारा पदभार ग्रहण

काठमाण्डौ ७ बैशाख २०७८

प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गर्नुभएको छ् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका उहाँलाई ०७८-०१-०२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नु भएको छ । अध्यक्ष सिटौला नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरागरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनु भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गर्नुभएको थियो । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उहाँले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गर्नु भएको थियो । अध्यक्षले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसक्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया