प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूले खरिद नगरेको २ लाख २१ हजार ६५० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
इच्छुक खरिदकर्ताले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया