प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा अमात्य नियुक्त

काठमाडौं १६ चैत्र २०७८।

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले बुधबार बसेको थियो । सो बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकमा यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत समेत गरेको छ ।

त्यस्तै गत फागुन २२ गते कम्पनीको सल्लाहकारकोरुपमा सन्तोष प्रसाई नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया