प्रमुख प्रतिपक्षी कांग्रेस सरकारसँग चिढियो

काठमाडौं–४ असार

मधेस केन्द्रित दलहरूसँग सम्बन्ध चिसिरहेका बेला प्रधानमन्त्रीले ‘एकलौटी’ रूपमा संविधान कार्यान्वयन कार्ययोजना ल्याएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ । निर्वाचन र संविधान कार्यान्वयनको कार्ययोजना बनाउनुपर्ने मुख्य सुझाव कांग्रेसकै थियो । तर, एकपटक संवादै नगरी घोषणा गरिएकाले उसको मन दुखेको हो । केही समयअघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेरै प्रमुख राजनीतिक शक्तिबीचको समझदारीबाट मात्रै अघि बढ्न आग्रह गरेका थिए । ‘हो, कार्ययोजनासहित अघि बढ्नुपर्छ भन्ने हाम्रो पनि सुझाव हो । तर, कुन समयभित्र के–के काम सम्पन्न गर्ने भन्ने विषयमा राजनीतिक समझदारी हुनुपथ्र्याे,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री एकलौटी रूपमा जसरी अघि बढिरहनुभएको छ, त्यसले बाहिर निर्वाचन भन्ने तर नियत निर्वाचन नगराउने देखिँदैछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया