प्रलेसद्धारा आयोजित सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न

बिजनेसपाटी ३ कार्तिक ।
प्रगतिशील लेखक संघ केन्द्रिय समितिले काठमाण्डौ अनामनगर स्थीत सामाजिक सुधार संस्थामा आज देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रलेसका पूर्व महासचिव एवं प्रज्ञा प्रतिष्ठान का सदस्य सचिव डा जिबेन्द्र देब गिरी उपस्थीत थिए । सो अवसरमा देउसी भैलोसँगै प्रलेसको नारी विषेशाकंको विमोचन गरिएको थियो  ।
कार्यक्रममा प्रा हेमनाथ पौडेल, डा विन्दु शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा प्रलेश अध्यक्ष मातृका पोखरेल, भागवत आचार्य, गौरी दहाल, नन्दप्रसाद रुपाखेती, रमेश सुभेच्छुक, निलिमा पुन, पुन्य गौतम लगायत लेखक तथा कलाकारले आफना रचना सुनाएका थिए । कार्यक्रमको उदघोषण प्रलेसका महासचिव आर एम डंगोलले गरेका थिए । उपस्थीत श्रष्टाहरु एवं साहित्य अनुरागीहरुले आआफनो गच्छे अनुसार सो देउसी भैलो कार्यक्रममा दान गरेका थिए ।
प्रगतीशिल संस्कृतिलाई जर्गेना गर्ने र यथासम्भव आर्थिक संकलन गरी प्रलेसको सांगठनीक गतिविधिलाई सहज तुल्याउने देउसी भैलो कार्यक्रमको उदेश्य रहेको प्रलेस वरिष्ठ सचिव पुन्य गौतमले बताए । कार्यक्रममा आर्थिक लेखक–पत्रकार एवं प्रलेसका राष्ट्रिय परिषद सदस्य रिसव गौतम सहित दजर्नौको उपस्थीति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया