प्राइम कमर्शियल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ

माघ १६, काठमाडौं ।

प्राइम कमर्शियल बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयमोहन श्रेष्ठ नियुक्त भएका छन् । हालै  बसेको सञ्चालक समितिको बैठकले उनलाई उध्यक्ष पदमा सर्वसम्मतिले पारित गरेको हो ।

उनी विगत नौं वर्षदेखि सञ्चालकका रूपमा काम गर्दै आएका छन् । बैङ्कका सञ्चालक एवम् अध्यक्ष उमेश श्रेष्ठले दिएको राजिनामा पनि सोही बैठकले स्वीकृत गरी  रिक्त रहेको सदस्य पदमा डा. विश्व केशर मास्केलाई नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया