प्राइम बैंकको ८५ करोड २२ लाखको वोनस पारित

काठमाडौं १२ माघ

प्राइम कमर्सियल बैकको बार्षिक साधारणसभाले ८५ करोड २२ लाख रुपैयाँको वोनस सेयर पारित भएको छ। बैंकले गत बर्षको मुनाफाबाट सवा १७ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरको थियो । बैंकको आज संपन्न बार्षिक साधारणसभाले लाभांस अनुमोदन गरेको हो।

प्राइम बैंकले खरीद गर्न लागेको विराटलक्ष्मी विकास बैंकको पनि साधारणसभा भएको छ । बैंकको १२औं साधारणसभाले साढे १८ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।  बैकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया