प्रिय भत्काँडा

कविता
 भत्काँडा
–वैरागी जेठा
प्रिय भत्काँडा
सुनेको छु मैले
धेरै पहिला देखिन
अल्मोडा र कुमाउ
तिनीहरूलाई
भुल्न सक्दिन
अबकसैको भ¥याङ हुने छैन

लहलहाउँदा र मनोहर
युवायुवतीले
गुमाएका जीवनहरू
पुतलीसडकमा ठिङ्ग उभिएका छन्
यतिखेर
अल्मोडा बगिरहेछ
धमिलिँदै
कान्तिपुरमा
महेन्द्र मल्लहरू हुनेछैनन्
अब
दिनहरू ढल्किरहेछन्
रातहरू पारेर
मेरो मन एकाएक
लम्किरहेछन्
कुमाउका आवाजहरू
मूर्ख माउतेहरूलाई थाहाछैन
उनीहरू
सुन्नै चाहन्नन्

तिनका सपनाहरू
आन्तरिक गडबडले
नेपाल दुखेको छ
भत्काँडा
मैले रोपेका विचारका बिजहरू
हराइसकेका छन्
जनसिपाहीहरू रोइरहेछन्
भोको पेट छामेर
महासंग्राम गर्नु छ
विक्षिप्त मनहरू सँगालेर
पुतलीसडकमा अग्लिएका
विचारका पहाड र भञ्ज्याङहरूले
मलाई हल्लाईरहेछ
प्रिय भत्काँडा !

फेसबुकबाट तपाईको प्रतिक्रिया