प्रेम दिबश एउटा पबित्र दिन बनोस्
काठमाडौँ २ फागुन
-सगिता सुबेदी ,सालिन्दै घुमिफिरी आउने “प्रेम दिबश”ले हाम्रो नेपाली समाजमा पनि बिगत केहि बर्षयता बिभिन्न र्चचा परिर्चचा पाउन सफल भएको छ । प्रेम दिबशलाई मनाउने र यसप्रति सबैको बेग्लाबेग्लै मत देखिएता पनि हाल यसमा बिकृतिले तिब्र रुप लिएको हो कि जस्तो लाग्छ ।
स्कुलमा जान सक्ने देखि लिएर युवा यूबतिलाई प्रेम दिबशले राम्ररी प्रभाब पारेको देखिन्छ ।कुनै पनि युबा यूबती बिचको निश्चल प्रेमलाई निरन्तरता दिन भनौ या आफ्नो हृदयको कुरा हृदयको आन्तरिक रोजाईको ब्यत्तिसँग राखिने प्रस्ताब या बिशेष कुराकानीका लागि बिशेष दिन मानिन्छ । जहाँ पबित्र र निश्चल प्रेम हुन्छ । प्रेम दिबशको उत्शबले कसैलाई महजोडि बनाउछ अनि कसैका लागि घातक । शायद पोहोर परार प्रेम दिबश मनायपनि यो शाल मुटु टुक्रनेहरुकालागि यस प्रेम दिबशसँगै नमिठो अनुभुति बटुल्न बिबश हुनुपर्यो होला । निश्चल प्रेम गर्नेहरुका लागि ३६५ दिननै प्रेम दिबश बन्न सक्छ । अबिवाहितलाई मात्र होईन बिवाहित जुनसुकै महाजोडीले पनि प्रेम दिबशलाई महत्व दिन सक्छन् ।
प्रेम दिबशको दिनमा प्रेमको सम्मान हुनु पर्ने हो तर चोखो र निश्चल प्रेमको ध्बाज्जी उडाउने छल प्रपन्चकहरुले मौलाउदै आएको आजको प्रेम लिला १ दिनको मात्र पनि हुनसक्छ । कुनै ब्यत्तिगत, सामाजिक या दलगत श्वार्थ बोकेर २, ४ दिन ,बर्षको लागि प्रेम को प्रस्ताब पो हो कि याद गर्नुहोस् । यसो गर्नु भो भने हजुरहरु जीबनको कुनै मोडमा गएर मात्र एक्लो हुनुपर्नेछ । जतिबेला पैसाको गद्दी मिल्ला तर चोखो र निश्चल प्रेमको आभास हैन बरु बिगतको स्मरणले तड्पदै बाकि जीबन ज्युनु पर्ला । चोखो र निश्चल प्रेम गर्नेहरुका लागि काँडा बन्नुहुनेछ र साँचो प्रेम गर्नेहरु एक कदम पछाडि हट्नु पर्ने छ । चल्ति अनुसार प्रेम दिबश एउटा पबित्र दिन बनोस् ,पोहोर परार र यो शाल फाटेका मनहरु जतन गरि टाल्ने कोहि मित्रसँग आउदा प्रेम दिबशमा खुसि लिएर आओस् , आफ्नो प्रिय मन ,आफान्तहरुसँग मिठो कुराकानी र टाडा भए सम्झना छाड्न नबिर्सनु होला । आगामी दीनहरुको प्रेम दिबशले आम नेपाली जनजीबनमा मिलन र खुसिको कोसेलि लिएर आओस् । लाख-लाख शुभकामना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया