प्लाष्टिक सर्जरी के हो ? यो कसले गर्नुपर्छ ? फाइदा के ?

डा सुदिप अमात्य, राजधानी हस्पिटल प्रालि

(एमडी– प्लाष्टिक तथा कष्मेटिक सर्जरी कन्सल्टयाट्न्स)

१) प्लाष्टिक सर्जरी के हो ? यो कसरी गरिन्छ ?

टाउकोदेखि खुट्टासम्म सबै कुराको सर्जरी हुन्छ, गर्न सकिन्छ । प्लाष्टिक सर्जरीमा पनि विभिन्न भागहरु हुन्छन् । एउटा जलेको विमारीहरुको हुने भयो । तातोपानीले जेलेको होस् वा एसिडले जलेको होस् वा आगोले होस् वा करेन्टले होस् । जे–जसले जलेको भएपनि यसमा पर्छ ।
अर्को रिकन्स्ट्रक्टीभ पार्ट पर्छ । त्यो भनेको यदी तपाइलाई चोटपटक लाग्यो । ठुलो ड्यामेजहरु भयो भने, स्कीनहरु ड्यामेज भयो यिनीहरु सबै पछी फेरी कभर गर्नुपर्ने हुन्छ । त्यो रिकन्स्ट्रक्टीभ प्लाष्टिक सर्जरी भित्रपर्छ ।
अर्को भनेको कष्मेटिक पाटो हुन्छ । यसमा बिरामीहरु चोटपटक लागेर आउने भन्दापनि सद्धे मान्छे आउँछन् । शरीरका विभिन्न अंगहरुलाई राम्रो बनाउनु प¥यो । जस्तै आँखा ठुलो बनाउनु प¥यो । नाक ठुलो बनाउनु प¥यो । ओठ सानो बनाउनु प¥यो । ओठ ठुलो बनाउनु प¥यो । बोसोहरु घटाउनु प¥यो । कपालहरु रोप्नु प¥यो । यिनीहरु कष्मेटिक प्लाष्टिक सर्जरीमा पर्छ ।
त्यस्तै अर्को लेजर पनि छ । लेजर भनेको कस्तो भने हस्पिटलमा पनि बस्न नपर्ने गरी चाँडो हुने खालको सर्जरी हो । यो पनि प्लाष्टिक सर्जरी भित्रैपर्छ ।

२) कस्तो अवस्थामा प्लाष्टिक सर्जरी आवश्यक हुन्छ ?

यसमा धेरै कुराहरु छन् । मैले अघि भनेको जस्तै ४ ओटा पाटो भइहाल्यो प्लाष्टिक सर्जरीको । त्यो ४ ओटा पाटो भित्र जस्तै ओठ चिरेको, खुँडे भएको बच्चाहरुको प्लाष्टिक सर्जरी अत्यावश्यक हुन्छ । त्यस्तै जलेको विरामीहरुलाई प्लाष्टिक सर्जरी आवश्यक हुन्छ । त्यो बाहेक ट्रमा भयो । जस्तै रोड ट्राफिक एक्सिडेन्ट जेमा पनि तपाइको ड्यामेज बडी भयो भने प्लाष्टिक सर्जरी आवश्यक हुन्छ । यी बाहेक आजकल नेपालमा धेरै चलेको कष्मेटिक पाटो हो । जो मान्छेलाई पनि आफु सक्दो राम्रो देखिउँ भन्ने लाग्छ । यसको लागि कष्मेटिक सर्जरी अलि बढी चलेको छ ।

३) प्लाष्टिक सर्जरीका तौरतरिका के–के हुन् ?

एउटा त सर्जिकल अर्थात अप्रेशन गरेर गरिन्छ । अर्को भनेको लेजरको माध्यमबाट गरिने भयो । अर्को बोटसहरु, फिलजहरु हुन्छ । यो चाँही इन्जेक्टेबल हो । इन्जेक्टेबल राखेर त्यो गरिन्छ । यसरी तीन ओटा तरिकाबाट प्लाष्टिक सर्जरी हुन्छ ।

४) राजधानी हस्पिटलमा प्लाष्टिक सर्जरीका लागि के कस्तो सुबिधाहरु छन् ?

हाम्रो यहाँ सर्जीकल सबै छ । जस्तै जलेको विरामीका लागि सबै छ । उपचार गर्ने, छाला राख्ने, छाला टाँस्ने सबै यहाँ छ । अर्को कष्मेटिक सर्जरीहरु जस्तै मैले अघि पनि भने आँखा ठुलो बनाउने, ओठ ठुलो बनाउने, ओठ सानो बनाउने, कानको सेफ मिलाउने यो सबै कष्मेटिक पाटो राजधानी हस्पिटलमा हुन्छ । हाम्रो राजधानी हस्पिटल र नेपाल प्लाष्टिक कष्मेटिक सर्जरीेसँग मिलेर लेजर, इन्जेक्टेबल सबै सुबिधा हामीले यहाँ दिन थालेका छौ । त्यही भएर राजधानीमा आउनु भयो भने तपाइले जुनैपनि प्रकारको प्लाष्टिक तथा कष्मेटिक सर्जरी गर्न सक्नुहुन्छ ।

५) प्लाष्टिक सर्जरी गराउनु कत्तिको सुरक्षित हुन्छ ?

यसमा पनि तपाइको के–का लागि गर्ने भन्ने कुराहरु हुन्छ । तपाइलाई मैले भने यसको क्षेत्र धेरै ठुलो छ । सबै कुरामा रिक्स पनि एउटै हुदैन । सबै कुरामा साइड इफेक्ट पनि एउटै हुदैन । सर्जरीको पाटोमा सामान्य सर्जरीमा जस्तो रिक्स हुन्छ, त्यस्तै यसमा हुने हो । बेहोस पार्नु पर्ने खतरा यसमा पनि हुन्छ । ती खतराहरु भनेको जुन सर्जरी गर्दाखेरी पनि हुने खतराहरु हुन् । त्यो बाहेक यहाँ जलेको विमारीहरुलाई बढी खतरा हुन्छ । नेपालमा कस्तो छ भनेदेखि ४० प्रतिशत भन्दा बढी जलिसकेपछि बाँच्ने सम्भावना एकदमै कम हुन्छ । त्यही भएर जतिसक्दो चाँडो हामीले गर्न सक्छौ । जति चाँडो बिरामी हाम्रोमा आइपुग्नुहुन्छ त्यति चाँडो उपचार हुन्छ । त्यति धेरै प्रतिशतमा बचाउन पनि सकिन्छ ।

६) प्लाष्टिक सर्जरी कत्तिको महंगा छन् त ?
बाहिरको तुलनामा त नेपालमा धेरै सस्तो छ । त्यो भएकोले विदेशीहरु आजकल नेपालमा आएर प्लाष्टिक सर्जरी गराउन थालेका छन् । उनीहरु विदेशबाट नेपालसम्म फ्लाइटमा आएर यहाँ सर्जरी गरेर जाँदाखेरी पनि उनीहरुलाई त्यहाँभन्दा यहाँ सस्तो पर्छ । अब हाम्रो आम नेपालीहरुमा के हुन्छ भन्दा एक हिसावले अलिकति महंगो पनि छ । जस्तै जलेकै कुरा गर्दा २० प्रतिशत जलेको अमेरिकामा उपचार गर्नका लागि एक मिलियन डलर जति लाग्छ । त्यो तुलनामा त नेपालमा महगो छैन । धेरै सस्तो छ । तर नेपालीहरुलाई त्यसैपनि विदेशीहरुसँग आर्थिक रुपमा तुलना गर्न त मिलेन । गुणस्तर पनि उताभन्दा अलिकति केही यता कमजोर नै हुन्छ । जेलेको कुरामा त्यहाँ टेक्नोलोजी बढी छ । पैसा बढी हुने वित्तिकै सामान बढी हुन्छ । आर्टिफिसियल स्कीनहरु लिएर आएर उनीहरु अफोड गर्न सक्छन् । हाम्रोमा त्यो धेरैजसो नेपालीहरुले अफोड गर्न सक्दैनन् ।

७) प्लाष्टिक सर्जरीको प्रभाव चाँही कस्तो हुन्छ ?

कुनमा हो त्यसमा फरक पर्छ । अब जलेको विमारीहरुको पछी के हुनसक्छ भन्दा कन्ट्राक्चर भन्छौ हातहरु तान्न नसकिने, घाँटीहरु तान्न नसक्ने, जोडिन सक्ने छालाहरु त्यस्तो हुनसक्छ । दाग बस्ने सम्भावनाहरु हुन्छ । यसपछी रिभिजन सर्जरीहरु गरेर लेजरको माध्यमबाट अहिले धेरै राम्रो गर्न सकिने भैसकेको छ । त्यस्तै गरेर अरु कष्मेटिकहरुमा त तपाइले चाहेको भन्दा राम्रो हुन्छ ।

८) नेपालमा धेरैजसो गरिने प्लाष्टिक सर्जरीहरु कुन–कुन हुन् ?

हाम्रोमा धेरै जसो गरिने सर्जरीहरुमा आँखा ठुलो बनाउने, नाक लामो बनाउने भयो । यो चाँही धेरै हुन्छ । किनकी कति नेपाली जातीहरुमा नाक थेप्चो हुन्छ, उहाँहरुलाई नाक ठुलो बनाउनु पर्ने हुन्छ । जस्तै कतिपय जातीहरुमा आँखाको मुन्द्रि हुदैन । मुन्द्री बनाउनु पर्ने हुन्छ । त्यसले आँखा ठुलो देख्छ । पहिला पहिला कस्तो हुन्थ्यो भन्दा महिला प्यासेन्ट यसमा धेरै हुन्थे । आजकाल कष्मेटिकमा पुरुष पनि धेरै हुन थालेका छन् । र, अर्को एकदमै चल्दै आएको कपालहरु पर्मानेन्ट्ली हटाउने, जिउको रौंहरु हटाउने र बोसोहरु पगाल्ने यो एकदमै धेरै छ । अर्को अलिकति गाइनोको मास्टिया भन्छौ हामीले । यो केटा मान्छेहरुकोमा चेष्ट ठुलो हुने त्यस्तोमा बोसो, ग्लान्डहरु निकाल्नु पर्ने हुन्छ । त्यो पनि धेरै हुन्छ नेपालमा ।

९) प्लाष्टिक सर्जरी गर्न चाहनेहरुले हस्पिटल छनौट गर्दा के केमा ध्यान दिनुपर्ला ?

सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुन सर्जरी जस्तै प्लाष्टिक सर्जरी गर्न लाग्नु भएको छ भने डाक्टर एनएमसीको लाइसेन्स हो की होइन । प्लाष्टिक सर्जन होकी होइन ? नेपालमा रजिष्टर प्लाष्टिक सर्जन धेरै कम छन् । सायद १३–१४ जनाको हाराहारीमा होलान् । त्यही भएर तपाइले कष्मेटिक सर्जन, प्लाष्टिक सर्जनको डाक्टर होकी होइन त्यसमा ध्यान दिनुपर्छ । डाक्टर शैक्षिक प्रमाणपत्र होल्डर, विज्ञ होकी होइन ? रजिष्टर होकी होइन थाहा पाउनुप¥यो । यीनिहरु कुरामा अलि ध्यान दिनप¥यो । त्यसपछि भनेको हस्पिटलमा के कस्ता सुबिधा छन् । नजिकको पेरीफेरीमा होकी होइन सबै हेर्नु राम्रो हुन्छ ।

१०) अन्त्यमा, प्लाष्टिक सर्जरीको विषयलाई लिएर हाम्रा पाठक स्रोताहरुलाई के भन्नुहुन्छ ?

नेपालमा अहिले प्लाष्टिक सर्जरी अथवा कष्मेटिक सर्जरीमा प्रयोग हुने सामान बाहिरको भन्दा कम दरको सामानहरु होइन । अहिले हामीले चलाइरहने जुनपनि सामानहरु सबै एडभान्स छन् । जुन बाहिर युरोप, अमेरिकामा प्रयोग हुन्छ, यहाँ पनि त्यहि हुन्छ । हाम्रो यहाँ धेरैजसो डाक्टरहरु बाहिरबाटै पढेर ट्रेन भएर आउनु भएको छ । त्यसले गर्दाखेरी उहाँहरुको जतिपनि गर्ने तरिकाहरु छन् बाहिरको नै छ । अब गुणस्तर बाहिर राम्रो नेपालमा नराम्रो भन्ने होइन । कुरा कतिमा फरक हुन्छ भन्दा बाहरिका मान्छेले पैसा धेरै खर्च गर्न सक्छन् । नेपालकोले अलि कम खर्च गर्न सक्छन् । त्यो एउटा कारण हुनसक्छ, जहिले पनि नेपालमा महंगो भन्ने कारण चाँही आफुसँग जति छ त्यो हिसावले महंगो र सस्तो हुने हो । तर नेपालमा पनि आजकल प्लाष्टिक सर्जरी, कष्मेटिक सर्जरीमा पनि धेरै भइरहेको छ । मान्छेहरु पनि बढिरहेका छन् । नेपालमा अहिले २–३ ओटा हस्पिटलहरुले यो सेवा दिइरहेको छ । वीर हस्पिटल, टिचिङ र हाम्रो राजधानी हस्पिटलले यो सेवा अहिले दिइरहेको छ ।
प्रस्तुती : रिसव गौतम

प्रकाशित मिति २०७५-३-२३

फेसबुकबाट तपाईको प्रतिक्रिया