फर्निचर एक्स्पो भब्य हुनेछ, अन्तर्राष्ट्रिय स्तरका स्टलहरु हुनेछन्–अध्यक्ष जोशी (अन्तर्वार्ता )

यही भदौ २३ देखि २७ गतेसम्म काठमाण्डौको भृकुटमन्डपमा हुन लागेको फर्निचर एक्स्पोको पुर्वसन्ध्यामा मेला आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीसँग मेलाबारे गरिएको कुराकानीको सारसंक्षेप ।

राजधानीको भृकुटीमन्डपमा फर्निचर तथा फर्निसिङ एक्पो गर्दै हुनुहुन्छ, तयारी कस्तो छ ?
मेलाको सबै तयारी पुरा भएको छ । स्टलहरु सबै बुक भइसकेका छन् । यसपाली लगभग एक सयको हाराहारीमा स्टलहरु हामी राख्दैछौ । आधा भन्दा बढी स्टलहरुमा नेपाली उत्पादनहरु हुनेछन् । उहाँहरुले बुक गर्नु भएको छ । त्यस बाहेक यसपटकको विशेष भनेको एसिपी ( आल्मुनियम कमोजिप प्यानलहरु) जुन पहिले नेपालमा बन्दैनथ्यो । अहिले नेपालमा बन्न थालेको छ । त्यो पनि डिस्प्ले हुनेछ । इलेक्ट्रोनिक सामानहरुको पनि बुकिङ भएका छन् । त्यसबाहेक नयाँ नयाँ टेक्नोलोजी त्यहाँ डिस्प्ले हुनेछन् । जस्तै तपाइले आफनो फोटो दिनुभयो भने दराजमा फोटो नै प्रिन्ट गरेर दराज उत्पादन हुन्छ । यस्तै रमाइलो–रमाइलो टेक्नोलोजीहरु आएको छ । त्यसबाहेक दशैंका लागि विशेष छुट दिएर विक्रि वितरण पनि हुन्छ । त्यसबाट पनि उपभोक्क्ताहरुले लाभ प्राप्त गर्न सक्नेछन् ।
यसपटक के कति भिजिटर हुने अनुमान छन् ?
हामी ७५ हजारदेखि १ लाखसम्मलाई एक्स्पोमा भिजिट गराउन सक्छौ भन्नेमा छौ । त्यसका लागि तयारी राम्रो भइरहेको छ ।
विगतका बर्षहरुमा निशुल्क प्रवेशको व्यवास्था गरिन्थ्यो, तर यसपटक किन शुल्क निर्धारण गर्नुभयो ?
यसपटक पनि फ्रि नै हो । डिजी पेबाट तपाई डाउनलोड गरेर आउनुस् फ्रि हो । कार्ड लिएर आउनुस् फ्रिमै हो । भिजिटिङ कार्ड देखाउनुस् फ्रि मा हो । त्यो पनि भएन आफनो विवरण मात्रै टिपाइदिनुस् फ्रिमा नै हो । कोही–कोही आफनो रजिष्टेशन आदी केही पनि गर्दिन, नम्बर पनि दिन्न भन्ने खालका गोप्यता चाहने भिजिटरहरुलाई मात्रै १०० रुपैयाँ शुल्क निर्धारण गरिएको हो ।
चार्डबाडको नजिक यसरी फर्निचर तथा फर्निसिङ मेला आयोजना गरिनुको उदेश्य के हो ?
नयाँ–नयाँ सामग्रीहरु आइरहेका हुन्छन् । दशैंमा पक्कै पनि मानिसहरु नयाँ सामग्रीहरु के छ बजारमा भनेर जान्न चाहन्छन् । किन्न इच्छुक पनि हुन्छन् । त्यो चलिरहेको छ नेपाली समाजमा । त्यसकारण हामीले ग्राहकहरुलाई नै प्रभावित पार्ने लक्ष्य सहित दशैं छेको यस खालको मेला गर्दै आइरहेका छौ । उहाँहरुलाई आफना उत्पादनका बारेमा जानकारी पनि दिने र त्यस सँगसँगै त्यँहीबाट केही शेल्स गरि पनि हाल्ने उदेश्य हो ।

No description available.


फर्निचरको आयात धेरै नै बढ्दै गइरहेको छ । फर्निचर तथा फर्निसिङ सामानमा नेपाल किन आत्मनिर्भर हुन सकेन । नेपालमा अहिले यो व्यवसायको अवस्था कस्तो छ ?
फर्निचर र फनिसिङ दुबैको डाटा निकाल्दा नेपालमा लगभग बार्षिक ६० अर्बको कारोबार हुने गरेको छ । त्यसमा ३० अर्ब जतिको आयात हुने गरेको छ । यति हुँदाहुँदै पनि कतिपय सेक्टरहरुमा हामी आत्मनिर्भर भइसकेका छौ । जस्तै क्लोरिङ, म्याक्टेस, डोरम्याट, प्लास्टिक फर्निचर, मेट्रो फर्निचर यिनीहरुमा आयात नगर्दा पनि हामीलाई केही फरक पर्दैन । खासगरी सरकारी नीति राम्रो हुने हो भने हामी आत्मनिर्भर मात्रै होइन् निर्यात पनि गर्न सक्छौ ।
सरकारी नीति राम्रोे हुनुपर्ने भन्नुभयो । कस्तो हुनुपर्ने हो ?
मुख्य कुरा के छ भन्दा फर्निसिङ भन्दा पनि फर्निचर व्यवसायीका लागि सरकारी नीति राम्रो चाहिन्छ । फर्निचर उद्योगले कुनैपनि काठको टेन्डर निकालिन्छ त्यसमा भाग लिन पाउनुपर्यो । तर अहिले वन ऐनले हामीलाई त्यसमा बञ्चित गरेको छ । त्यसले गर्दा राज्यले हामीलाई बिभेद गरेको महसुस गरेका छौ । कुनै व्यवसायले पाउने, कुनैले नपाउने अवस्था छ । त्यसले गर्दा नेपाल सरकारसँग हाम्रो माग पनि रहेको छ । कुरा पनि गरेका छौ । हामीले पनि टेन्डरमा भाग लिन पाउनु पर्यो । त्यसले गर्दा हाम्रो उत्पादन लागत घट्छ । लागत घटाउन सकिँदा हामीले आयातलाई कम गर्न योगदान दिनसक्छौ ।
अन्त्यमा, मेलामा के कति व्यापार हुने अनुमान छ । अबलोकन गर्न चाहनेहरुलाई के भन्नुहुन्छ ?
हाम्रो यो फर्निस मेला भनेको एउटा ब्राण्डिङ मेला हो । ब्राण्डिङ मेला भएकोले हामी यति शेल हुन्छ भन्दैनौ । विक्रिमा धेरै फोकस होइन हाम्रो । धेरै साथीहरुले खर्च गरेर अन्र्तराष्ट्रिय स्तरको स्टलहरु बनाउनु हुन्छ । त्यसले गर्दा विक्रि गर्ने भन्दा आफना ब्राण्डको प्रर्बद्धन मुख्य कुरा हुन्छ । साथै उत्पादित बस्तुहरु कसरी बन्छ, कति टिकाउपुर्ण छन्, त्यसका विशेषताहरु के छन् । त्यस्ता कुराहरुबारे ग्राहकहरुलाई अवगत गराउनु मेलाको मुल उदेश्य हो । अवलोकनकर्ताहरुलाई यस अवसरको सदुपयोग गर्नुस् । बजारमा आएका नयाँ नयाँ फर्निचर तथा फर्निसिङ सामानहरुबारे जानकारी लिनुस् । आवश्यकतामा खरिद गरेर मौकाको फाइदा उठाउनुस् भन्न चाहन्छु । धन्यवाद
प्रस्तुती : रिसव गौतम/नन्दलाल खरेल

प्रकासित मिति २०७९–५–१८

फेसबुकबाट तपाईको प्रतिक्रिया