फाइभजीको दौडमा कोरिया, सेकेन्डमै डाउनलोड

काठमाडौं २४ चैत्र
मोबाइलको दुनियाँमा सबैभन्दा पछिल्लो, सबैभन्दा उन्नत र तीव्रगतिको प्रविधिको रुपमा अहिले विकसित फाइभजी प्रविधि लागू गर्ने दौडमा दक्षिण कोरिया अरु देशहरु भन्दा अघि परेको छ । दक्षिण कोरियाले आवश्यक सबै पूर्वाधारहरुलाई स्थापित गर्ने क्रम तीव्र रुपमा अगाडि बढाउँदै आउँदो शुक्रबार फाइभीजी सेवाको शुरुवात नै गर्ने अन्तराष्टिय सञ्चार माध्यमले जनाएको छ ।
फाइभजीको सेवा शुरु भएपछि प्रयोगकर्ताहरुले एउटा सिंगो फिल्म एक सेकेण्डभन्दा कम समयमै डाउनलोड गर्न सक्नेछन् । यसले भिडियो स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण सेवा) तथा आर्टिफिसियल इन्टेलिजेन्स तथा भर्चुअल रियालिटीसँग सम्बन्धित उत्पादनहरुको सेवामा सम्भावना बढाएको छ ।
फाइभजी प्रविधिको विकास र विस्तारमा दक्षिण कोरिया, चीन र अमेरिका युद्धस्तरमा लागिरहेको छ र बजारलाई कसले बढीभन्दा बढी कब्जा जमाउने होड ती तीनदेशबीच चलिरहेको छ । विशेष गरेर कोरिया सामसुङमार्फत, चीन हुवावे मार्फत् र अमेरिका चाहिँ एप्पलमार्फत् यो दौडमा अघि बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया