फागुनका लागि वाणिज्य बैंकहरूको ब्याजदर

काठमाडौं ३० माघ २०८१ । वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । फागुनमा अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक र लक्ष्मी सन्राइज बैंकले भने ब्याजदर परिवर्तन गरेका छन् । ग्लोबल आइएमई बैंकले ० दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । लक्ष्मी सन्राइज बैंकले भने ० दशमलव२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । माघ महिनामा औषतमा ६ दशमलव ००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६दशमलव ००१ प्रतिशतविन्दु नै रहेको छ ।
फागुनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेका छन् । फागुनका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६ दशमलव ६ प्रतिशत छ । नेपाल बैंकले फागुनका लागि व्यक्तिगततर्फ अधिकतम ५दशमलव ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ दशमलव १५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नबिल बैंकले फागुनका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । एनआईसी एसिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६दशमलव ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५दशमलव ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले पनि फागुनका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ। माघका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव २५ प्रतिशत ब्याजदर कायम राखेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ दशमलव ६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ। राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ । प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।
लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव १ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव ०५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
माछापुच्छ्रे बैंकले फागुनका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कुमारी बैंकले पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ दशमलव ९१ र संस्थागततर्फ ४ दशमलव ९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६ दशमलव १ प्रतिशत र संस्थागततर्फ ५ दशमलव १ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। एभरेष्ट बैंकले पनि फागुन महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ।
एनएमबी बैंकले पनि फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव ६ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कृषि विकास बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ दशमलव ५१ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया