फाष्ट ट्र्याकबारे संसदमा बोलेको कुरा बंगाइयोः देउवा

काठमाडौं ६ जेठ, ।

नेपाली कांग्रेसका सभापति देउवाले सरकार परिपर्तनमा सत्ताको मुख्य घटक एकीकृत माओवादी आफैं अघि बढेर पछि हटेको बताएका छन् ।अन्नपूर्णलाई दिएको अन्तर्वार्तामा देउवाले सत्तामा रहेको दलले सरकार गिराउनुपर्‍यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेको बताए । ‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु सहयोग गनुर्‍परो भन्नुभयो’, देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो, तर एमाओवादी आफैँ पछि हट्यो । यसमा हामीलाई केही भएको छैन । माओवादीले नै सुरु गर्‍यो पछि आफैँ पछि हट्यो ।’अन्तर्वार्तामा देउवाले सरकारले  प्रस्तुत गरेको नीति तथा कार्यक्रम पपुलिष्ट बनाउन खोजको बताएका छन् । उनले नीति तथा कार्यक्रम भ्रम छर्नबाहेक केही पनि नभएको बताएका छन् ।सभापति देउवाले फाष्ट ट्रयाक बारे संसदमा बोलेको कुरा बंगाइएको बताएका छन् । उनले भने ‘मैले संसदमा बोलेको विषय रेकर्ड छ, त्यसलाई हेरे हुन्छ । मैले नेगोसिएसनबाट रद्द गर्न सकिन्छ भनेको छु । मेरो धारणा बंगाइएको छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया