फिलिपिन्समा लागुऔषध अपराध विरोधी अभियानमा २ हजार ४ सयको मृत्यु

मनिला २० भदौ

फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराध विरोधी अभियानमा करिब २ हजार ४ सय मानिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।  राष्ट्रपति रोड्रिगो सत्तामा आएको ३ महिना पुगिसकेको छैन तर लागुऔषध तथा शङ्कास्पद आपराधिक गतिविधिमा लागेका अधिकांश मानिसले पक्राउ गरिएपछि छानविनका क्रममा ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहले फिलिपिन्समा लागुऔषध कारोबार तथा अपराध नियन्त्रण अभियानका क्रममा अधिक न्यायिक हत्या भएको भन्दै सरकारको आलोचना गरेका छन्।  प्रहरीद्वारा दिइएको तथ्याङ्कअनुसार नयाँ राष्ट्रपति सरकारमा आएपछि चलाइएको अपराध विरोधी अभियानमा १ हजार ११ मानिसको प्रहरी कारबाहीमा मृत्यु भएको बताइएको छ। बाँकी १ हजार ३ सय ९१ को मृत्यु छानविन तथा लागुऔषध कारोबारको पोल खुल्ने डरमा यसमा संलग्न गिरोहबाटै भएका थिए।  प्रहरीले आफ्नो सङ्गठन लागुऔषध तथा अपराध विरोधी अभियानका क्रममा प्रतिरक्षात्मक कारबाहीमा केही लागुऔषध कारोबारमा लागेका मानिसको मृत्यु भएको थियो भने कैयौँ लागुऔषध कारोबारको पोल खुल्ने डरमा संलग्न गिरोहबाटै हत्याहरु भएको बताएको छ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया