फिल्मी क्षेत्रमा सत्यमको रुमानी यात्रा : कसरी भए उनी भिएफएक्स आर्टिस्ट ?
रिसव गौतम
धेरै मानिसहरु जिवनमा शिक्षक बन्छन्, कर्मचारी बन्छन्, पत्रकार बन्छन्, डाक्टर बन्छन्, राजनीतिज्ञ बन्छन्, वकिल बन्छन् वा अन्य अन्य यस्तै यस्तै बन्छन् । अथवा भनौ सबैले भए गरेकै, चल्तीमै रहेको पेशालाई आफनो सपना बनाएका भेटिन्छन् । तर अलिक पृथक वा फरक सपना देख्नेहरु समाजमा विरलै हुन्छन् । कारण ती पृथक पेशा वा विधाहरुमा मानिसको जिन्दगीको पाङग्रो गुडाउने आर्थिक तत्वको ग्यारेन्टी हुदैन । अझ नेपाल जस्तो वैचारिक हिसावले विकलाङ अथवा भनौ रुढीबादी सोच अंगाल्ने मुलुकमा सामाजीक अहवाफले पनि नयाँ पेशामा भविष्य खोज्नेहरुलाई चुनौती दिइरहेको हुन्छ । सरल शब्दमा भन्दा कसैले अत्यन्तै पृथक काम गर्न आँटेको छ र उ लागिरहेको छ भने उसलाई बौलाहा समेत भन्न पछि पर्दैनन् मानिसहरु । यसरी फरक विधामा हिँडन् खोज्नु र हिँडनु, त्यसलाई पेशा बनाउनु र देशकै लागि केही योगदान गर्नु चानचुने कुरा हुदैन । यस्तै पृथक सपना पछ्याएर कलिलै उमेरमा राम्रै प्रगती हासिल गरेका युवा हुन् सत्यम राना । पेशाले उनी फिल्मी क्षेत्रसँग सम्बन्धित छन् । उनी पर्दामा झुल्कने हिरो, गुण्डा वा अरु अरु केही होइनन । तर उनको महत्वपुर्ण योगदान विना पुरै फिल्म अपुरो हुनसक्छ । अझ भनौ हस्यास्पद वा लाजमर्दो हुनसक्छ ।
खासमा सत्यम राना भिएफएक्स आर्टिस्ट हुन् । अर्थात उनी चलचित्रमा भिजुअल इफेक्ट गर्छन् । फिल्महरुमा एनिमेशन गर्ने गर्छन् । जसले एउटा कच्चा फिल्मलाई सुन्दर र स्तरीय बनाउँछ ।
सत्यम्ले यो पेशा अँगालेको करिव १० बर्ष भयो । व्यवसायिक हिसावले उनले भिएफएक्स आर्ट गर्न थालेको सन् २०११ बाट भएपनि त्यो अघि पनि केही बर्ष उनले यही काम सिके । उनी सुदुर नेपालको तराइ वेल्ट नेपालगञ्जको वाँकेमा जन्मेका हुन् । खान लगाउन राम्रैसँग पुग्ने परिवारमा जन्मिएका सत्यमलाई आफु यसरी फिल्म क्षेत्रको पनि अत्यन्त पृथक पेशामा लाग्छु भन्ने कहिल्यै लागेको थिएन् ।
उनले औपचारिक अध्ययन प्लसटुसम्म मात्र गरेका छन् । त्यसपछी उनले मल्टी मिडियामा डिप्लोमा गरे ।
उनले यो यात्रामा पहिलो पटक फिल्मको एडिट विजिपी इन्र्टरनेशनलबाट सुरु गरे । फिल्मको कुरा गर्दा उनले नायिका झरना थापाको फिल्म फेसवुकबाट भिजुअल इफेक्टको काम थालेका हुन् । त्यसपछी आजसम्म उनले लगातार ५० भन्दा बढी फिल्ममा भिजुअल इफेक्ट गरिसकेका छन् । कामको लागि उनले पछाडी फर्केर हेर्नु परेको छैन । उनले भिजुअल इफेक्ट गरेका मुख्य फिल्महरुमा ‘ड्रिम्स’,‘लज्जा’,‘हवल्दार सुन्तली’,‘किस्मत २’,‘जय पर्शुराम’,स्टुपिड मन’ लगायत रहेका छन् । सत्यमले भिजुअल इफेक्ट गर्दै गरेका अरु धेरै फिल्महरु ब्जारमा आउने क्रममै छन् । जस्तो ‘ऐश्वर्या’,छवी ओझाको ‘मंगलम; ‘मेला’, निखिल उप्रेतीको ‘रुद्र’ लगायत बजारमा आउने क्रममा छन् । सत्यमले काम गरेका धेरै फिल्महरु मध्ये ‘च्याम्पीयन’बाट उनले महत्वपूर्ण एलजी अर्वाड समेत पाएका छन् ।
उनी भिजुअ इफेक्ट दुनियाँका टाइगर नै हुन् । अर्थात यस पेशाका उनी महंगा र अब्बल सर्जक हुन् । उनी बडो संर्घष र इच्क्षाशक्तिका बावजुत यहाँसम्म आइपुगेका छन् । उनी फिल्म निर्देशकहरुले खोजेको चीज दिन सक्दा आफनो कामबाट खुशी मान्छन् । अन्यथा खुशी हुन सक्दैनन् ।
उनको काम अत्यन्ते गाह«ौ समेत छ । एउटा फिल्म निर्माणको दौरानमा सबैभन्दा गाह«ो काम केही हुन्छ भने त्यो भिएफएक्स नै हो भन्छन् सत्यम । उनी भन्छन्‘ भिएफएक्स विग्रीए दर्शक हाँस्छन्’ । उनले यस पेशामा जम्न करिव ५ बर्ष त अत्यन्तै धेरै संर्घष गरे । आज भने उनी आफनो कामबाट सन्तुष्ट समेत छन् । धेरै त उनी आफनो नाम र प्रतिष्ठाबाट प्रफुल्लीत देखिन्छन् । उनले आफनो पेशाबाट पारिश्रमिक पनि रामै्र थाप्ने बताउँछन् ।
हालसम्म उनले धेरै निर्देशकहरुसँग काम गर्ने अवसर पाए । जस मध्ये नवल नेपाल, ऋषि लामिछाने, एनबि मर्हजन, दिवाकर भटराइ, छवि ओझा, एस कुमार लगायतसँग काम गर्दाको अनुभव रोचक भएको उनी बताउँछन् ।
उनले यही पेशामा भविष्यमा पनि निरन्तर लागि रहने अठोट गरेका छन् । यसमा उनले राम्रो सम्भावना देखेका पनि छन् । नेपालमा अहिले यस्तो पेशामा आफु सहित अक्की शर्मा, अनुपम भाइ, अच्युत गजुरेल, मधुकर बलामी लगायतका केही दक्ष ब्यक्ति समेत रहेको बताउँछन् ।
नेपालमा भिएफएक्सको लागि उपकरण कम रहेकोले त्यसको विकास गर्न जरुरी उनी देख्छन् । भिएफएक्स फिल्मको महत्वपुर्ण पाटो भएकोले फिल्म उधोगले त्यसमा ध्यान दिनुपर्ने उनका धारणा छन् । गुणस्तरीय भिएफएक्स विना राम्रो फिल्म बन्न नसक्ने उनको दावी समेत छ ।
प्रकाशित मिति २०७४-३-३१
फेसबुकबाट तपाईको प्रतिक्रिया