फुर्बा दोर्जे मोक्तन तामाङको बेस्ट अफ म्युजिक भिडियो सार्बजनिक

बिजनेसपाटी २ कार्तिक

बिगत लामो समयबाट मलेसियामा सक्रिय रुपमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार फुर्बा दोर्जे मोक्तान तामाङको बेस्ट अफ म्युजिक भिडियो १८ तारिखको दिन चौथो प्रदेशी धमका के एलमा सार्बजनिक गरिएको छ |

बेस्ट अफमा समेटिएको गीतहरु तिम्रो सम्झनामा प्रमोद खरेलले स्वर दिएका छन भने “तिम्रो माया लाग्छ नी मलाई” प्रतीक तामाङको स्वरमा र आफ्नै शब्दमा रहेको छ  | अनि मेरो मनमा बस्ने गीत सुन्दरको शब्द र उत्तमजङ लिम्बूको र दिपा लामाको स्वरमा छ | त्यसै गरि पर्खिएर बस्छु भन्यौं बोलको गीतमा बालन्द माबोको शब्दमा उत्तमजङ लिम्बूको स्वरमा रहेको छ | साथमा फुर्बा दोर्जेको पहिलो लोक दोहोरी भिडियो “उराठ लाग्छ” पनि सार्वजनिक भएको छ | उक्त गीतमा देव बोहराको लय शब्द अनि गोपाल नेपाल जि एम र श्रीजना चेपाङको समधुर स्वर रहेको छ |

फेसबुकबाट तपाईको प्रतिक्रिया