‘फुलै–फुलको वनमा’ लोकगीत सार्वजनिक (हेर्नुहोस भिडियो )

बिजनेसपाटी सम्बाददाता
काठमाण्डौ, ८ असार
गायक केवि भण्डारी र गायिका पञ्चमाया तामाङको नयाँ लोकगीत ‘फुलै–फुलको वनमा’ हालै युटुब मार्फत सार्वजनिक गरिएको छ । नीता शाही ठकुरीले निर्देशन गरेकी र प्रकाश थापाको सब्द रहेको  यस गीत दाङ स्वर्गद्धारी म्युजिक भिडियोले बजारमा ल्याएको हो ।
‘फुलै फुलको वनमा
तिमि मेरो मनमा
म तिम्रो भइसकेँ
बसि सक्यो मनमा’
जिन्दगी फुल झै सुन्दर भएको र सुन्दर जिन्दगीको वनभरी माया फुलिरहेको जस्ता अत्यन्त मार्मिक भावना समेटिएको यस लोकगीतले क्रमश बजारमा प्रतिष्ठा आर्जन गर्न थालेको छ । माया पिरतीको अत्यन्त घतलाग्दो कला संयोजन भएको प्रस्तुती गीतको भिडियो तल हेर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया