फेरि थपिँदै २५ मेगावाट बिजुली

काठमाडौँ १६ माघ

केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर-मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो। पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

ढल्केबर-मुज्जफपुर अन्तर्देशीय प्रशारण लाइनको पूर्ण क्षमता अनुरूप ४० मेगावाट विद्युत आयात गरे बिजुली फल्क्युयेट भइरहने भएकाले प्राविधिक रूपमा समस्या आउन नलिन हाललाई सम्झौताभन्दा १५ मेगावाट कम कम हुने उनले स्पष्ठ पारे। ‘सम्झौता अनुसार कम बिजुली आयात भए पनि अब लोडसेडिङ हुँदैन,’ उनले थपे। तर उनका अनुसार रक्सौल-परवानीपुर कसहा-कटैया प्रशारण लाइन बनेपछि भने चाहिएको खण्डमा थप विजुली ल्याउन सकिन्छ। भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत वर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङ व्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया