फेरी खस्कियो सेयर बजार

बिजनेसपाटी ७ भाद्र
आज बुधबार सेयर बजार आरोलो लागेको छ । बजार २.७८ अंकले तल झरेको छ ।
कारोबारमा आएका एक सय ६० कम्पनीको १७ लाख ५४ हजार ६५ कित्ता सेयर किनवेच भएको छ । आज ६२ करोड ७१ लाख ४४ हजार ८ सय ६९ रुपैयाँको कारोवार भएको छ । यो सँगै बजार आज १६११.२७ अंकमा आएको छ ।
आज बैकिङ समूहको सूचक २.०१, होटल समूहको सूचक ३०.३८, बिकास बैंक समूहको सूचक ५.४२, जलविद्युत समूहको सूचक २१.३र फाइनान्स समूहको सूचक १.९९ अंकले झरेको छ । यस्तै, बीमा समूहको सूचक ४.६ अंकले बढेको छ भने उत्पादनमुलक समूहको सूचक ७.४४ अंकले घट्दा अन्य समूहको १.४५ अंकले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया