फेवातालमा डुंगा पल्टियो, २ जना वेपत्ता

२४ साउन, पोखरा ।

पोखरामा रहेको फेवातालमा डुंगा पल्टिदा २ जना हराइरहेका छन् भने ६ जनाको जीवितै उद्दार गरिएको छ । फेवातालको मध्यभाग तिर पुगेको डुंगा सोमबार दिउँसो करिव ५ बजेतिर पल्टिएको थियो ।

दुर्घटनापछि प्रहरी टोलीले ६ जनाको उद्दार गरेको छ । काठमाडौंका २० बर्ष सम्राट गौतम, ३१ बर्षका दिपक न्यौपाने, १९ वर्षका सौगात श्रेष्ठ, बसुन्धराका रोशन न्यौपाने, हेटौडा -६ का ३६ वर्षका विदुर धितालको उद्दार गरिएको हो । यस्तै सिन्धुलीका ३० बर्षीया डुंगा चालक गंगा बस्नेतको पनि उद्दार गरिएको छ ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । २ जना भने हराइरहेका छन् ।  काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठ र वसुन्धराका २३ वर्ष एलिन केसी हराइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया