फ्रान्सको नीस शहरमा ट्रकले किचेर ७७ को मृत्यु

काठमाडौं ३१ असार, ।

फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान जानुको साथै सय भन्दा बढी घाइते भएका छन्   ।रिपोर्टहरु अनुसार ट्रकमा बन्दुक तथा ग्रेनेड बरामद भएको छ ।  मिडिया रिपोर्ट अनुसार प्रामिनेड देस आंगलेसमा आताशबाजी बीच यो घटना भएको हो । नीसका मेयर क्रस्टियन एस्ट्रोसीका अनुसार ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको जस्तो देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले गोली चलेको आबाज सुनेका थिए । र, सडकमा रहको मानिस धेरै डराएका थिए ।

प्रहरीले ट्रक चालकलाई गोली प्रहार गरेका छन् । र, उसको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलान्डले पेरिसमा आपतकालिन बैठक बोलाएका छन् । फ्रान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ । बीबीसीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया