फ्रान्सको राष्ट्रपतिमा ३९ वर्षीय इमानुएल म्याक्रोन

बिजनेसपाटी २५ बैशाख
फ्रान्सको राष्ट्रपति निर्वाचनमा मध्यमार्गी नेता इमानुएल म्याक्रोन निर्वाचित भएका छन्। दक्षिणपन्थी नेता मेरी ल पेनलाई हराई मैक्रों राष्ट्रपति निर्वाचित भएको बीबीसीले लेखेको छ। मैक्रोंले सम्पूर्ण मतको ६६.०६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लेपेनले ३३.९४ मात्र प्रतिशत मत प्राप्त गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ३९ वर्षका छन् भने उनले अहिले सम्म कुनैपनि निर्वाचित पद धारण गरेका छैनन्। उनी फ्रान्सको इतिहासमा अहिलेसम्मकै कम उमेरका राष्ट्रपति बनेका छन्।
बेलायतको युरोपेली संघ छाड्ने निर्णय र अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि युरोपमा अनुदार दक्षिणपन्थीहरूको उदय भएपछि हतास युरोपका उदारवादीहरूले फ्रान्सको चुनावपछि सन्तोषको सास फेरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया