बचत र मुद्दती दुबैमा सिभिल बैंकको सर्वाधिक उच्च ब्याजदर
बिजनेसपाटी २८ जेष्ठ ।
सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्ने विज्ञप्ती मार्फत जनाएको छ । न्यूनतम मौज्दात रु. १०,०००÷– रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा ५ लाखसम्मको दूर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमा हुनुका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
त्यसैगरी आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात रु. तीन लाख रहेको छ ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया