बजारमा जलविद्युत कम्पनीहरुको बर्चस्व

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ १९ जेष्ठ

मंगलबार नेप्से ५ अंक बढीले उकालो लागेको छ । तेसैगरी कारोबार रकममा समेत बढोत्तरी आएको छ । जलविद्युत समुह जागेपछि अघिल्ला कारोबारमा चम्किएका वाणिज्य बैंक तथा बीमा समुह ओरालो लागेपनि बजार उकालो लागेको हो । मंगलबारको कारोबारमा उच्च कारोबार गर्ने कम्पनीहरुको अग्रपक्तिमा जलविद्युत समुहकै बर्चस्व देखिएको छ ।

 मंगलबार नेप्से ५.१६ अंकले बढेर १५३२.१२ विन्दुमा पुगेको छ । आज कुल १३६ कम्पनीको कारोबार भएको शेयर बजारमा १  अर्ब ३२ करोड २६ लाख रुपैयाँको सेयर  किनबेच भएको छ । आज वाणिज्य बैंक, बीमा कम्पनी र वित्त समुह नकरात्मक रहे भने जलविद्युतमा आएको उच्च वृद्धि र वाणिज्य बैंक, बीमा बाहेकका अन्य समुह सकारात्मक रहेपछि बजार घट्न पाएन ।

 

खासगरी सरकारको लगानीका जलविद्युत आयोजनाहरुमा जनसहभागिता बढाउने बजेटमार्फत सरकारले घोषणा गरेपछि लगानीकर्ताहरु त्यसतर्फ ओइरिएका देखिनछन् । बजेट जारी भय  पश्चात शेयरबजारमा जलविद्युत समुहमा आएको वृद्धिले लगानीकर्ताको विश्वास  बढाएको देखिएको छ । बजेटले जलविद्युलाई प्राथमिकतामा राखेकाले पनि यसप्रति आर्कषण बढेको देखिन्छ ।

कुल २२७ अंकले बढेको जलविद्युत समुहको मात्रै मंगलबार ३६ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मंगलबार  उच्च कारोबार गर्ने र धेरै कमाउनेको सूचीमा जलविद्युतकै दबदबा देखिएको र  ३ कम्पनीको शेयरमूल्य नै दश प्रतिशतले बढेको छ ।

शेयर बजारमा चिलिमे हाइड्रको सबैभन्दा वढि १४ करोड ४२ लाख रुपैयाँको किनबेच भएको छ । तेसैगरी उच्च कारोबार गर्ने नेशनल हाइड्रको ८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सिटजन्सले ८ करोड ७५ लाखको कारोबार गर्दा सानिमाको ७ करोड ७२ लाखको शेयर कनिबेच भएको छ । बुटवल पावर कम्पनीको पनि ५ करोड ७७ लाखको कारोबार भएको छ । उच्च करोबार गर्ने दश कम्पनीको अग्रस्थानमा जलविद्युत समुह अगाडि देखिएको छ ।

खासगरी मंगलबार बजारमा रिडी हाइड्रो,अरुण भ्याली हाइड्रो र वरुण हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  सानिमा हाइड्रो, चिलिमे, अपि  र नेशनल हाइड्रो कम्पनी पनि धेरै कमाउने कम्पनीको १० सूचीमा परेका छन् । धेरै कमाउने दश कम्पनीमध्ये सात कम्पनी जलविद्युत समुहकै देखिएका छन् । मंगलबारको बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन. ।

फेसबुकबाट तपाईको प्रतिक्रिया