बजेट साढे १० खर्बको
काठमाडौं ७ जेस्ठ
आउने आर्थिक वर्षको बजेटको सीमा १ खर्ब रुपैयाँभन्दा धेरै बढ्ने भएको छ। स्रोत अनुमान समितिले आर्थिक वर्ष ७३(७४ का लागि ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा दिएको छ । सीमा बढाइएपछि बजेटको आकार १० खर्बदेखि साढे १० खर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ।
योजना आयोगको मौखिक सहमति लिएर १० खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट तयारी भइरहेको छ, अर्थ मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, ‘सीमा बढाइएको औपचारिक जानकारी चाँडै आउँछ ।’
योना आयोगका उपाध्यक्षको अध्यक्षतामा आयोगका ‘म्याक्रो इकोनोमी’ हेर्न सदस्य, गर्भनर, अर्थसचिव, महालेखा नियन्त्रक रहने स्रोत अनुमान समितिले बजेटको सीमा निर्धारण गर्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया