बलिउड अभिनेत्री दिया र साहिलले गर्ने भए सम्बन्ध विच्छेद

काठमाडौं १९ साउन

अभिनेत्री दिया मिर्जा र उनका श्रीमान् साहिल सांघाले सम्बन्ध विच्छेद गर्ने भएका छन्।

११ वर्ष लामो वैवाहिक सम्बन्ध उनीहरूले टुंग्याउने निर्णय गरेका हुन्।

यसअघि उनीहरूबीच खटपट भएको कुनै समाचार बाहिर आएका थिएनन्। यो समाचारले धेरैलाई आश्चर्यमा पारेको छ।

उनीहरूले सामाजिक सञ्जालबाट सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।

उनीहरूले भविष्यमा असल साथी रहिरहने उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया