बल्खु खोलामा बन्जी जम्प सुरु गरिने

काठमाडौँ ३ अशोज

फडेदह बल्खु खोला झोलुंगेपुल निर्माण भएसँगै पर्यटक बढाउने उदेश्यले बन्जी जम्पबारे अध्ययन गरिने भएको छ ।

बल्खु खोलाले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकालाई जोडेको छ ।

जिल्ला समन्वय समिति काठमाडौं  एवम् उपभोक्ताको संयुक्त अगुवाइमा बनेको सस्पेन्डेड प्रकारको पुल भदौ २५ गतेबाट सञ्चालनमा आएको छ ।

उपभोक्ता समितिका अध्यक्ष हरि कार्कीले भने,

चन्द्रगिरी र कीर्तिपुर नगरपालिकासँग बन्जी जम्पबारे कुरा भइरहेको छ ।

डाँडाकाँडाको बीचमा छ, उचाइ पनि काठमाडौंका अन्य पुलभन्दा बढी भएकाले बन्जीको राम्रो सम्भावनालाई मध्यनजर गर्दै छलफल अघि बढाइरहेका छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया