बहुविवाह गरे अब जागिरबाटै बर्खास्ती

काठमाडौं २६ जेष्ठ

निजामती कर्मचारीले बहुविवाह गरे अब जागिरबाट बर्खास्त हुने भएका छन् ।  बहुविवाह गर्ने कर्मचारीलाई सरकारले सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छ

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ । निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया