‘बा’ सुन तस्कर नबचाँउ !
नन्दलाल खरेल
एअरपाेर्टमा सुन छ कान बुच्चै
सानाे देशमा यति धेरै तस्करी
कान थाेत्रा भए सुन्दा सुन्दै
मलहाेत्राकाे फाेटाे छापिदा किन आपत्ति।१।
बाँ किन उत्रिय खराे रुपमा
मलहाेत्रासँग किन अतिरिक्त प्रेममा
वजन घटाउनु हुदै हुदैन
नेताले १०० किलाे सुन प्रकरणमा।२।
हचुवाकाे भरमा अभिव्यक्ति नदिनु बेस
पत्रकारमाथि अरिगाल नलाउनु बेस
निष्पक्ष छानबिन हुनुनै अति बेस
उत्तेजना नवढाउ हाेला राजनीतिक शेष।३।
राजधानीमा अबैध सुन फालाफाल
जुम्लामा नुन नपाएर छ बेहाल
फुर्ती नलगाउ शासक सधै
नपाेस सुन तस्कर भित्रभित्रै।४।
प्रकासित मिति २०८०–४–१०
फेसबुकबाट तपाईको प्रतिक्रिया