बागलुङमा‘चैत्राष्टमी कप’ फुटबल प्रतियोगिता हुने

काठमाडौँ ७ चैत

बागलुङ- चैत्राष्टमी पर्वको अवसर पारेर यहाँ अन्तर कलेज स्तरीय ‘चैत्राष्टमी कप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
यही चैत १६ गतेदेखि स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु हुने प्रतियोगितामा १५ समूह सहभागी हुनेछन् । चैत्राष्टमी मेला व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई नगद रु ४० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

उपविजेता समूहले नगद रु २० हजारसहित पदक र प्रमाणपत्र पाउने समितिका मूल संयोजक राजु खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृट खेल प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।स्थानीय फ्युचर स्पोर्टस् क्लब र बागलुङ खेलकुद क्लबसँग सहकार्य गरी प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ । प्रतियोगिता आयोजना गर्न रु पाँच लाख १५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । चैत्राष्टमी पर्वको अवसरमा बागलुङमा बर्सेनि चैत्राष्टमी मेला लाग्ने गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया