बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकको आर्थिक सहयोग

काठमाण्डौ १६ अशोज, २०७७
बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री मा. किरण गुरुङ र भौतिक योजनामन्त्री मा. रामशरण बस्नेतबाट बिशेष निरिक्षण भयो ।
उक्त अवसरमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरुसंग उहाँहरुले प्रत्यक्ष भेटघाट गर्नुभयो । स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिईयो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजना मन्त्रीले विशेष मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिका लाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु. ५००,०००÷– सहयोग प्रदान गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया