‘बाथरोगको वेलैमा उपचार गराउँ’–डा प्रयुश शर्मासँग अन्तर्वार्ता

डा प्रयुश शर्मा,

वरिष्ठ बाथरोग तथा इम्युनोलोजी विशेषज्ञ
आरोग्य स्वास्थ्य सदन, जावलाखेल

१) बाथ रोग के हो ? नेपालमा अहिले बाथरोगको अवस्था कस्तो रहेको छ ?

बाथरोग खासगरी हाड तथा जोर्नीको समस्या हो । जोर्नी दुख्ने र सुन्निने, कहिले काँही विहान उठ्दाखेरी कक्रक र अरठठ् भएर बस्ने समस्यालाई बाथरोग भनिन्छ । जोर्नी भन्दाखेरी शरिरका जुनसुकै जोर्नी जस्तो हात, खुट्टा, मेरुदण्डको जुनसुकै जोर्नीमा बाथले असर गर्न सक्छ ।
अहिले पनि नेपालमा कति मानिस बाथरोगी छन् भन्ने एकिन तथ्याङक भने छैन । तर अनुमानित १० प्रतिशत मानिसमा यो रोग हुनसक्ने हामीले ठानेका छौ । बाथरोग सय भन्दा बढी प्रकारका छन् ती सबै मिलाएर । यसरी नेपालको जनङख्या मध्ये ३० लाखलाई बाथरोग भएको हाम्रो अनुमान छन् ।

२) नेपालमा यस्ता रोगीहरुले सबैले उपचार पाएका छन् त ?

नेपालमा यस रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टरहरु अत्यन्तै न्युन छन् । १०–१२ जना भन्दा कम विशेषज्ञ डाक्टर यस बाथ रोगको क्षेत्रमा कार्यरत छन् । यति कम डाक्टरहरुले त्यत्रो सङख्याको विमारीहरुलाई उपचार सेवा पु¥याउन सक्ने त कुरै भएन । फेरी सबै उपचार सेवा काठमाण्डौमा मात्रै सिमित छ । जसले गर्दा पनि आम मानिस औषधी उपचारको पहुँचमा आउन सकेका छैनन् ।

३) तराई, पहाड र हिमाल मध्ये कुन क्षेत्रमा अलिबढी यस्ता विमारीहरु रहेको यहाँहरुको अनुभव छ ?

बाथरोग सबै क्षेत्रमा उत्तिकै भएको पाइन्छ । कुन प्रकारको बाथ कुन ठाउँमा अलि धेरै देखिन्छ भन्ने एउटा कुरा हो । साँस्कारिक कारणले पनि कतिपय ठाउँमा अलिबढी बाथरोग देखिन्छ । जस्तो कि अलि बढी जाँड–रक्सी सेवन गर्ने ठाउँमा युरिक ऐसिडको बाथ बढी देखिने गरेको छ । तर यस रोगको रिर्सच नै भएको छैन । एकिन भन्नै सकिने अवस्था छैन । तर नेपालका सबै भुभाग तराई, हिमाल र पहाड जहाँतहँी बाथरोगीहरु भने उत्तिकै छन् ।
संसारभर भएका बाथ रोगहरु मध्ये सबैभन्दा बढी नाम सुनिने आम बाथ, गठिया बाथ, हिमाली भेगमा हुने खड्जुरो, रागन बाथ हुन् । ठाउँ अनुसार फरक फरक नाममाकरण पनि गरिएका छन् । यी मैले नाम लिएका बाथ रोग विश्वको १ प्रतिशत मान्छेहरुमा भएको पाइन्छ । नेपालमा ३ लाखमा यस्तो खालको बाथ छ ।

४) नेपालमा कस्ता खालका बाथ रोगी बढी देखिएका छन् ?

सबैभन्दा बढी नेपालमा बुढेसकालमा हुने जोर्नी खिइदै जाने बाथ हो । यसलाई ओस्टिओ अर्थराइटिस पनि भन्छौ हामी । खासगरी ५० बर्ष कटिसकेपछि यो खालको बाथ धेरै हुनेगर्छ । प्राय जसो घुँडा र ढाडमा देखिने र कसै–कसैलाइ हातमा, घाँटीको जोर्नीमा पनि यो बाथ देखिने गरेको छ ।
यस बाहेक हामीकोमा बढी आउने बाथमा युरिक एसिडको बाथ पर्छ । त्यसपछी गठियाको बाथ हामीकोमा धेरै आउँछन् । अर्को ढाडको बाथ रोगीहरु पनि धेरै आउँछन् । लुपस भन्ने अर्को छ । लुपसको बाथ पनि आउँछन् । महिलाहरुमा धेरै हुने बाथ भयो । त्यो बाहेक मासुको बाथहरु हुन्छ । माशुहरु कमजोर हुदै जाने, हात खुट्टा कमजोरी फिल हुने, दुख्ने हुन्छ । आँखा र मुख सुक्दै जाने बाथ पनि छ । छालाहरु एकदम टाइट हुने बाथ पनि छ । पानीमा हात डुबाउँदा खेरी हातको रङ परिवर्तन हुने बाथ पनि छ । यो अलिकति अनौठो नयाँ किसिमको बाथ हो । यस्तो अरु पनि थुप्रै किसिमका बाथहरु नेपालमा देखिएका छन् ।

५) बाथ रोगका विरामी कुन अवस्थामा तत्काल डाक्टरकोमा जानु राम्रो हुन्छ ?

विरामीले यदी हातको जोर्नी दुखेको । छालामा कुनै दाग आएको, आराम गर्दा झन् बढ्ने तर निको नहुने । यस्तो बाथमा विहान उठ्दा झन बढी जोर्नी दुख्ने तथा जाम भए जस्तो हुने । यी माथि मैले भनेको अवस्था बाथ रोगका सुरुवाती लक्षण हुन् । कसै कसैलाई ती लक्ष्यणसँगै आँखा पनि रातो हुने हुन्छ । मुख भित्र घाउ आउने, कसैलाई अनुहारमा दाग आउने हुन्छ । कसैलाई पिसाव फेर्ने ठाउँमा घाउ आउने पनि हुन्छ ।

६) बाथरोगको रोकथाम मात्रै हुन्छ की पूर्णतया निको हुन्छ ?

यो पूर्णतया निको नहुने रोग हो । कुनै–कुनै बाथ रोग भने पूर्णतया निको पनि हुन्छ । त्यो हामीले केलाउँदै जानु पर्छ । त्यसकारण यो दिर्घ रोग नै हो । यसको लक्ष्यण देखिनासाथ हामीले उपचार गराएनौ भने यसले मानिसलाई थप दुख दिन्छ । शरिरककोअरु अंगहरुमा पनि असर गर्ने र हिँडडुल समेत गर्न नसक्ने हुन्छ । जसले गर्दा मान्छेको सक्रिय जिवनशैली बरर्बाद हुन्छ । त्यसकारण बाथरोगको लक्ष्यण देखिनासाथ उपचार गरौं । औषधी खाएर थप जटिल परिस्थीति आउन नदिऔं ।

७) नेपालमा बाथरोगको उपचार कस्तो छ त ?

सरकारी निकायबाट कतैबाट पनि यस रोगको रोगथामको पहल भएको छैन । एउटा कुनै सरकारी हस्पिटलमा बाथरोग हेर्ने डिर्पाटमेन्ट छैन । यस रोगको औषधी पनि अलिक महँगै हुन्छ । कुनैपनि संस्थाले सहुलियत दरमा यसको औषधि पनि उपलब्ध गराएका छैनन् ।
नीजि क्लिनिक तथा हस्पिटलहरुले भने केही प्रयत्न गरेका छन् । यहाँ यस रोगको उपचारमा निजी क्षेत्रले युरोप तथा अमेरिकाकै जस्तो उपचार सेवा उपलब्ध गराएका छन् । जाँचहरु बाहिरबाट ल्याएर यहिँ गर्न सकिने अवस्था छ । त्यसकारण ६० प्रतिशत उपचार यही सम्भव छ । कतिपय बाथ अघाडी नै देख्न सकिन्छ भने कतिपय अल्ट्रासाउण्ड गर्नुपर्छ । त्यस्ता उपकरणहरु नेपालमा उपलब्ध छन् ।

८) भनेपछि बाथरोगको उपचार गर्न बाहिर जानु पर्ने अवस्था छैन होईन त ?

नेपालमा पनि काठमाण्डौ केन्द्रित सेवा सुविधा भएकाले तराई तिरबाट भारत लगायत कतिपय मुलकमा यस रोगको उपचारको लागि मानिसहरु गएका होलान् । अहिले त विशेषज्ञ डाक्टरको अभावले हामीले काठमाण्डौ वरपरकै विमारीलाई भनेजस्तो सेवा दिन सकिरहेका छैनौ । बाहिरका लागि कसरी दिन सक्नु । यस रोगका विशेषज्ञ डाक्टरहरु अझ उत्पादन भएपछि काठमाण्डौ बाहिर पनि गएर सेवा उपलब्ध गराउन सक्छन् । फेरी सरकारले पनि केही गरेको छैन । एउटा बाथरोग हस्पिटल बनाएर अरु हस्पिटलबाट त्यसमा सरुवा गर्न सकिन्छ । सरकारले त्यो पनि गरिरहेको छैन । सरकारी पहल नै राम्रो नभएपछि सबै जना प्राइभेट क्लीनिकमा उपचार गराउन बाध्य भएका हुन ।
यहाँ त भारतमा भन्दा पनि राम्रो उपचार छ बाथ रोगमा । नेपालको सिमाना छेउछाउका भारतमा भन्दा त काठमाण्डौमा नै राम्रो उपचार छ यस रोगमा ।

९) बाथरोग लागिसकेपछि बिरामीहरुले आफानो खानपीन र जिवनशैलीमा के कस्ता सावधानी अपनाउनु पर्र्ला ?

बाथरोग धेरै किसिमको हुने भएकोले कुनै किसिममा खानाको भुमिका हुन्छ । कुनैमा हुदैन । युरिक एसिड सम्बन्धी बाथमा खानामा अनुशासन कायम गर्दा राम्रो हुन्छ । यसमा रातो माशु, बियर, कोक, अल्कोहल, जुस तथा गुलियो पदार्थ खाँदा युरिक एसिडको बाथ बढ्ने हुन्छ । अरु बाथ रोगमा शरिर भित्र धेरै अंगमा असर गर्ने हुन्छ । तर खासगरी चिल्लो खानेकुरा, बासी खानेकुरा कम खानु पर्छ । युरिक एसिडको बाथ बाहेक अरुले बार्नु परेन ।
जिवनयापनको कुरा गर्दा शारिरिक एक्सरसाइज, हिँडडुल आदीले राम्रै हुन्छ । अझ बाथ अनुसार फिजिओथेरापी गर्न सकियो भने बाथ रोगीहरुलाई त्यसले एकदम राम्रो गर्छ ।

प्रस्तुती : रिसव गौतम

प्रकासित मिति २०७६-८-२१

फेसबुकबाट तपाईको प्रतिक्रिया